भुटानी शरणार्थी प्रकरणमा फैसला भएको ६ दिनमा ६ जना रिहा, टेकनाथ रिजाल कारागारमै

बिजमाण्डू
२०८० मंसिर २१ गते १३:१७ | Dec 7, 2023
भुटानी शरणार्थी प्रकरणमा फैसला भएको ६ दिनमा ६ जना रिहा, टेकनाथ रिजाल कारागारमै
File Photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटी र साधारण तारिकमा छोड्न आदेश गरेका ६ जना रिहा भएका छन्। धरौटी रकम र कागजपत्र बुझाएपछि बिहीबार केन्द्रीय कारागार सुन्धाराबाट उनीहरु रिहा भएका हुन्। आइतबार, मंगलबार र बुधबार गरेर उनीहरु रिहा भएको प्रहरीले जनाएको छ।

Tata
GBIME
NLIC

रिहा हुनेहरुमा सन्दीप रायमाझी, नरेन्द्र केसी, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, रामशरण केसी र हरिभक्त महर्जन छन्। उनीहरु धरौटी बुझाएर रिहा भएका हुन्। यस्तै, साधारण तारिखमा रिहा गर्न आदेश भएका आशिष बुढाथोकी पनि रिहा भएका छन्। रामशरण केसीसँग अदालतले जनही १५ लाख रुपैयाँ धरौटी मागेको थियो।

पूर्व उपप्रधान एवम् उर्जमन्त्री टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। बुधबार उनी रकम बुझाएर रिहा भएका छन्

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र नरेन्द्र केसीसँग १०/१० लाख रुपैयाँ धरौटी मागिएको थियो। केसी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव हुन्।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने धरौटी रकम नबुझाएको कारण कारागारमा नै छन्। उनीसँग १५ लाख धरौटी माग गरिएको थियो।

उनीहरु सबैजना जिल्ला अदालत काठमाडौंको आदेशमा असार १ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनीहरुविरुद्ध गत जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो।