खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगमा तीन जनाले पाए नियुक्ति, अध्यक्षमा को?

बिजमाण्डू
२०८० मंसिर २१ गते १२:२३ | Dec 7, 2023
खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगमा तीन जनाले पाए नियुक्ति, अध्यक्षमा को?
मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर

काठमाडौं। सरकारले खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगमा तीन जना पदाधिकारी नियुक्त गरेको छ।

Tata
GBIME

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा रुद्रप्रसाद गौतम तथा सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।

आयोगको अध्यक्ष तथा सदस्यका लागि गत जेठ १५ गते २१ दिनको समय दिएर आवेदन मागिएको थियो।

सरकारले विश्‍व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणका लागि सहायता लिनका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।