आईपीओ ल्याउने तयारीमा रहेको अन्नपूर्ण केबलकारले वर्षदिनमा गर्‍यो ८ करोड १० लाखको व्यापार

बिजमाण्डू
२०८० मंसिर १९ गते १६:०९ | Dec 5, 2023
आईपीओ ल्याउने तयारीमा रहेको अन्नपूर्ण केबलकारले वर्षदिनमा गर्‍यो ८ करोड १० लाखको व्यापार

काठमाडौं। संचालनमा आएको पहिलो वर्षनै अन्नपूर्ण केबलकारले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ।

Tata
GBIME

कम्पनीले पोखराको सराङकोटमा २.३ किलोमिटरको केबलकार संचालन गरिरहेको छ। जुसमा १७ गोन्डोला छन्।

घरजग्गा व्यवसायी कालु गुरुङ कम्पनी अध्यक्ष छन्। कम्पनीले १ अर्ब रुपैयँभन्दा बढीको कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ पाएको छ। सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको कम्पनीलाई केयर रेटिङ्सले एनपी बी प्लस इसुअर रेटिङ समेत दिएको छ।

१ अर्ब रुपैयाँको दीर्घकालीन कर्जालाई एनपी बी प्लस र २ करोड रुपैयाँको अल्पकालीन कर्जालाई एनपी ए फोर रेटिङ पाएको छ।