अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८० मंसिर १३ गते ०७:५३ | Nov 29, 2023
अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। मंगलबारसम्म उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको छ। त्यस्तै, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा पनि सामान्य वृद्धि भएको छ।

Tata
GBIME
Zonsen

आज १ अमेरिकी डलरको खरिद दर १३३.०४ रुपैयाँ रहँदा बिक्री दर १३३.६४ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३३.१० रुपैयाँ र बिक्री दर १३३.७० रुपैयाँ कायम थियो। जुन हालसम्मकै उच्च हो।

यस्तै, १ युरोको खरिद दर आज १४५.७७ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.४३ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४५.७६ रुपैयाँ र बिक्री दर १४६.४१ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.०३ रुपैयाँ र बिक्री दर १६८.७९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.०० रुपैयाँ र बिक्री दर १६८.७६ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३३.०४१३३.१०१३३.६४१३३.७०
युरोपियन युरो१४५.७७१४५.७६१४५.४३१४६.४१
बेलायती पाउण्ड स्टर्लिङ१६८.०३१६८.००१६८.७९१६८.७६
स्वीस फ्रान्क१५०.९९१५१.१७१५१.६७१५१.८५
अस्ट्रेलियन डलर८८.०६८७.८८८८.४६८८.२८
क्यानेडियन डलर९७.९४९७.५७९८.३८९८.०१
सिंगापुर डलर९९.५९९९.५५१००.०४१००.००
जापानी येन१०८.९५८.९३८.९९८.९७
चिनियाँ युआन१८.६०१८.६११८.६८१८.६९
साउदी अरेबियन रियाल३५.४७३५.४९३५.६३३५.६५
कतारी रियाल३६.५०३६.५०३६.६६३६.६६
थाइ भाट३.८१३.७९३.८३३.८१
यूएई दिराम३६.२३३६.२४३६.३९३६.४०
मलेसियन रिंगिट२८.४८२८.४३२८.६१२८.५६
कोरियन ओन१००१०.२७१०.२३१०.३११०.२७
स्वीडिश क्रोनर१२.७६१२.७७१२.८२१२.८३
डेनिश क्रोनर१९.५५१९.५५१९.६४१९.६४
हङकङ डलर१७.०६१७.०९१७.१४१७.१६
कुवेती दिनार४३१.१८४३१.६६४३३.१२४३३.६१
बहराइन दिनार३५३.२७३५३.०५३५४.८६३५४.६४
स्रोत : नेपाल राष्ट्र बैंक