कुमारी बैंकको ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा‚ खरिदलाई संस्थापक समूहसँग आवेदन माग



बिजमाण्डू
२०८० मंसिर १० गते ०९:५६ | Nov 26, 2023
कुमारी बैंकको ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा‚ खरिदलाई संस्थापक समूहसँग आवेदन माग

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६ सय ३८ कित्ता सेयर बिक्रीका लागि राखेको हो।

Tata
GBIME
Zonsen

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिन भित्र निवेदन दिन सक्ने बै‌ंकले जनाएकाे छ।

निवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल आइपुग्ने गरि पेस गर्नु पर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके अनुसारको हुने बैंकले उल्लेख गरेको छ।

३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरे सो सेयर संस्थापक सेयरधनीहरु भन्दा बाहिरका लगानीकर्ताहरुमा बिक्री गरिने छ।