ज्योति विकास बैंकको सीइओबाट भट्टले दिए राजीनामा, ज्योतिमा किन कार्यकाल पुरा गर्दैनन् सीइओहरु?

बिजमाण्डू
२०८० मंसिर ४ गते १५:१४ | Nov 20, 2023
ज्योति विकास बैंकको सीइओबाट भट्टले दिए राजीनामा, ज्योतिमा किन कार्यकाल पुरा गर्दैनन् सीइओहरु?

काठमाडौं। ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट श्रीचन्द्र भट्ट बाहिरिएका छन्। २०७७ साउनमा चार वर्षका लागि नियुक्त भएका भट्टले कार्यकाल बाँकी छँदै बैंकको व्यवस्थापकीय नेतृत्वबाट राजीनामा गरेका हुन्।

Tata
GBIME
NLIC

कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकाललाई दिइएको छ। उनी बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए।

पछिल्लो समय ज्योति विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृतहरुले पूर्ण कार्यकाल नबिताइ राजीनामा दिइरहेका छन्। उनीअघिका मनोज ज्ञवाली पनि राजीनामा गरेर बाहिरिएका थिए। ज्ञवाली बैंकको सञ्चालक समितिसँग कुरा नमिलेर बाहिरिएका थिए।

स्रोतका अनुसार, सञ्चालक समितिले दिएको लक्ष्यअनुसार भट्ट खरो नउत्रिएकाले उनी दबाबमा थिए। त्यही दबाबमा सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा गरेका हुन्।