हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै

बिजमाण्डू
२०८० मंसिर ३ गते १३:३२ | Nov 19, 2023
हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ। नेपाल-चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ। कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो।

नेपाल-चीन सँगै विभिन्न अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा विस्तार गर्दै आएको उडानमार्फत दुईतर्फी पर्यटनसँगै व्यापार व्यवसाय प्रवर्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

सन् २०१४ मा स्थापना भएको उक्त वायुसेवा कम्पनीमा चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र नेपालको यती वर्ल्ड इन्भेष्टमेन्टको संयुक्त लगानी छ।

हाल यो कम्पनीले तीनवटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ गरी कुल ४ वटा जहाजमार्फत यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।