इलन मस्कसँगको भेटमा सी चिनफिङले भने- चीनमा टेस्ला गाडी उत्पादनलाई साथ दिन्छौं

बिजमाण्डू
२०८० मंसिर १ गते १२:२७ | Nov 17, 2023
इलन मस्कसँगको भेटमा सी चिनफिङले भने- चीनमा टेस्ला गाडी उत्पादनलाई साथ दिन्छौं


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा टेस्लाका गाडीहरु निर्माण गर्न साथ दिने बताएका छन्।

Tata
GBIME

टेस्लाको विबो अकाउन्टबाट जारी भएको विज्ञप्तिलाई उद्धत गर्दै रोयटर्सले चीनमा टेस्लाका गाडी निर्माणमा सहयोग गर्ने प्रतिबद्धता सीले व्यक्त गरेको उल्लेख गरेको हो।

अमेरिका भ्रमणका रहेका सी र टेस्लाका सीइओ इलन मस्कबीच भएको भेटमा चिनियाँ राष्ट्रपतिले अमेरिकी कम्पनीलाई आफ्नो देशमा कार उत्पादनमा साथ दिने बताएका हुन्।

चीनमा टेस्ला गाडीहरुको उत्पादन हुने गर्छ। यो वर्ष चीनमा टेस्लाले १० वर्ष पूरा गर्दैछ। सन् २०१९ मा सांघाइमा निर्माण भएको फ्याक्ट्री टेस्लाका लागि महत्वपूर्ण ‘प्रोडक्सन एन्ड एक्सपोर्ट हब’ भएको कम्पनीले जनाएको छ।

मस्कले चीनमा नयाँ इर्निजी भेहिकलको बजार बढिरहेको भन्दै त्यसको विकासको प्रशंसा गरेका थिए। उनले अमेरिका र चीनले मानवताको पारस्परिक समृद्धिका लागि मिलेर काम गर्न सक्ने बताएका थिए।

यद्यपि, अमेरिका र चीनबीच बढ्दो व्यापारिक टकरावले चीनमा अमेरिकी उद्योग र व्यापारीहरु समस्या पर्न सक्ने अनुमान गरिँदैछ। चीनका सरकारी मोबाइलमा एप्पलको आइफोनको प्रयोगमै रोक लगाइसकेको छ। यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले अमेरिकी उद्योगीहरुसँग साझा छलफल गरेका छन्। ६ वर्षपछि अमेरिका पुगेका राष्ट्रपति सीले हिजो अमेरिकी उद्योगीहरुसँग छलफल गरेका थिए।