नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि भर्ना खुलायो, यस्तो छ मापदण्ड

बिजमाण्डू
२०८० कात्तिक १७ गते ०८:४७ | Nov 3, 2023
नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि भर्ना खुलायो, यस्तो छ मापदण्ड


काठमाडौं । नेपाली सेनाले विभिन्न खाली रहेको २२९ जना अधिकृत क्याडेट (सहायक सेनानी) पदमा भर्ना आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै २२९ जना अधिकृत क्याडेटका लागि आवेदन खुल्ला गरेको जनाएको हो। 

Tata
GBIME
Nepal Life

सूचना अनुसार खुल्ला तर्फ १२२ जना, महिला १७ जना, जनजाति ३३ जना, मधेसी २७ जना, दलित १५ जना, पिछडिएको क्षेत्रबाट ३ जना र सेनाका परिवारबाट १२ जनालाई छनौट गरिनेछ।  

खुल्लातर्फ आवेदन दिनेले १ हजार दस्तुर तिर्नु पर्नेछ भने अन्यबाट आवेदन दिनका लागि २० प्रतिशत थपेर दस्तुर तिर्नु पर्नेछ।

आवेदन दिनका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह र स्नातक तह वा सो सरह उत्तीण तथा अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुबैको लागि एसएलसी परिक्षमा गणित विषय लिएको हुनु पर्नेछ।

यस्तै उचाइ न्युनतम ५ फिट ३ इन्च, छाती ३२ इन्च र ३४ इन्च, वजन ५० केजी अर्थात ११० पाउण्ड, आखाँ प्लस माइनस २ भन्दा कम कमजोर भएको हुनुपर्नेछ। आवेदन दिने व्यक्ति १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला सैनिक उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ। 

८ वटा सेनाको भर्ना केन्द्रबाट आवेदन दिन सकिने सेनाले जनाएको छ। भर्ना छनोट निर्देशनालय स्वयम्भू, पूर्वी पृतना सुनसरी, मध्य पूर्वी पृतना महोत्तरी, मध्य पृतना हेटौंडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना रुपन्देही, उत्तर पश्चिम पृतना सुर्खेत र सुदुर पश्चिम पृतना कैलालीबाट आवेदन दिन सकिनेछ। 

आवेदन दिने अन्तिम मिति मंसिर १६ गतेसम्म रहेको छ। मंसिर १७ देखि २३ गतेसम्म भने दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ।