प्रभु ग्रुपले बेच्न राख्यो प्रभु बैंकको ५ लाख कित्ता संस्थापक सेयर, अरु ककस्ले बेच्दैछन्?

बिजमाण्डू
२०८० असोज १५ गते १०:२९ | Oct 2, 2023
प्रभु ग्रुपले बेच्न राख्यो प्रभु बैंकको ५ लाख कित्ता संस्थापक सेयर, अरु ककस्ले बेच्दैछन्?


काठमाडौं। प्रभु ग्रुपले प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। बैंकमा ग्रुपको प्रमुख लगानी छ। पोहोरसम्म ग्रुपको ४.३६ प्रतिशत सेयर थियो।  

Tata
GBIME
NLIC

ग्रुपले आफ्नो स्वामित्त्वमा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको थियो। सोहीअनुसार बैंकले इच्छुकलाई सोमबार सूचना आह्वान गरेको छ।

ग्रुपसहित अन्य चार संस्थापकहरुले जम्मा एक लाख १४ हजार कित्ता बिक्री गर्दैछन्। सेयर खरिद गर्न बैंकका कायम संस्थापकलाई प्राथमिकता दिने जनाइएको छ। इच्छुक संस्थापकले आगामी ३५ दिन भित्र के कति कित्ता कुन मूल्यमा किन्ने हो निवेदन दिनुपर्ने छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो पटक १०९ रुपैयाँमा बैंकको संस्थापक सेयर किनबेच भएको हो। तोकिएको समयमा सेयर बिक्री नभए बैंकले आम लगानीकर्ता अथवा संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।