सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

बिजमाण्डू
२०८० असोज १३ गते २१:१८ | Sep 30, 2023
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता


काठमाडौं। सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सक संघर्ष समिति र सरकारी टोलीबीच ६ बुँदे सहमति भएको हो।

Tata
GBIME

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार सम्पन्न वार्तामा ६ बुँदे सहमति भएको हो।

सहमतिमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौंडा, कन्चनपुरको बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सकको सुरक्षा सुनिश्चितता हुनुपर्ने माग संघर्ष समितिले राखेको थियो।

सहमतिसँगै चिकित्सकका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्।