काठमाडौं। नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल इलेक्ट्रिक सार्वजनिक गरेको छ। कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
कोना इभीको इन्ट्री भेरियन्ट – जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएल- एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकेको हो। विद्युतीय गाडीको बढ्दो मागलाई मध्यनजर गरी कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रिक मोडल कोनाको जी एल भर्सन ल्याएको हो।
कोना इलेक्ट्रिक एउटा सफल क्रसओभर इभी हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन गरिएको छ। नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ।
नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन हो। हुन्डाइ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम, क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर छन्।
हुन्डाइ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ। जसले गर्दा हाइ इनर्जी डेन्सिटी रहन गइ रेन्जसमेत बढ्ने छ। ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ। जसले गर्दा यात्रा आरामदायी हुनेछ।
हुन्डाइ कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट र ठूलो साइजको टेललाइट उपलब्ध छन्।
कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ। यसमा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्चस्तरीय बनाउने कम्पनीको दाबी छ।
कोना इलेक्ट्रिक नेपाली बजारमा एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु र डार्क नाइट कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।