सुन आयातको कोटा दैनिक २० किलो, राष्ट्र बैंकले जारी गर्‍यो सर्कुलर

बिजमाण्डू
२०८० असोज १० गते १८:२८ | Sep 27, 2023
सुन आयातको कोटा दैनिक २० किलो, राष्ट्र बैंकले जारी गर्‍यो सर्कुलर

काठमाडौं। नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ। राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै दैनिक २० किलोसम्म सुन आयात गर्न दिने जनाएको हो।

Tata
GBIME
NLIC

अहिले बैंकहरुले दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न पाउँदैनन्। यो कोटा २०७८ फागुनदेखिको हो। बैंकले आयात गरेको सुन व्यवसायीहरुमार्फत उपभोक्ताकहाँ पुग्छ। व्यवसायीहरुले १० किलोले बजारको माग नधान्ने भन्दै कोटा बढाउनका लागि लबिङ गर्दै आएका थिए।

सर्कुलर अनुसार निर्धारित सीमामा नबढ्ने गरी बैंकहरुले एकमुष्टरुपमा आयात गर्न पाउनेछन्। कुनै महिना तोकिए बमोजिम सुन आयात नभए अर्को महिना कोटा थप्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। तर दैनिक निर्धारित कोटा त्यस दिन आयात नभए सोही महिनाको अन्त्यसम्म आयात गर्न पाइने व्यवस्था गरेको छ।

व्यसायीहरुले महिना सकिएको सात दिनभित्र बैंकसँग खरिद गरेको सुन के कसरी बिक्री भयो भन्ने विवरण बुझाउनु पर्ने व्यवस्था छ।