सुनको कारोबार मूल्यमा प्रतितोला ५ सय रुपैयाँको बढोत्तरी‚ चाँदीमा झिनो वृद्धि

बिजमाण्डू
२०८० असोज २ गते ११:२६ | Sep 19, 2023
सुनको कारोबार मूल्यमा प्रतितोला ५ सय रुपैयाँको बढोत्तरी‚ चाँदीमा झिनो वृद्धि


काठमाडौं। साताको तेस्रो दिन सुनको कारोबार मूल्यमा प्रतितोला ५०० रुपैयाँ बढेको छ। मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ।

Tata
GBIME

गत आइतबार प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २०० रुपैयाँ बढ्दा १ लाख १२ हजार ५०० रुपैयाँ भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा झिनो बढोत्तरी छ। सोमबारका तुलनामा ५ रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला १४ सय १० रुपैयाँ भएको छ। सोमबार १४ सय ५ रुपैयाँ थियो भने साताको पहिलो दिन १४ सयमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔंस १९३१.०२ डलर पुगेको छ। चाँदी प्रतिऔंस २३.१८ डलरमा कारोबार भइरहेको छ।