तीन वर्षपछि ओरियन्टल होटलले लाभांश घोषणा गर्‍यो, यस पटक छैन बोनस सेयर

बिजमाण्डू
२०८० असोज २ गते १०:२९ | Sep 19, 2023
तीन वर्षपछि ओरियन्टल होटलले लाभांश घोषणा गर्‍यो, यस पटक छैन बोनस सेयर


काठमाडौंं। र्‍याडिसन संचालन गर्ने ओरियन्टल होटलले तीन वर्षपछि लाभांश वितरण गर्ने भएको छ। कम्पनीले ५.२६ प्रतिशत नगद दिने घोषणा गरेको हो। 

Tata
GBIME
NLIC

उक्त लाभांशलाई पारित गराउन असोज २५ गते साधारण सभा पनि डाकेको छ। 

कोभिडसँगै सुस्ताएको पर्यटकिय चहलपहल र साँधुरिएको व्यवसायले गर्दा कम्पनी पोहोरसम्म नोक्सानीमा थियो।

तर गत आर्थिक वर्ष भने होटलले एक अर्बको व्यवसाय र १७ करोड ८४ लाख रुपैयाँ खुद नाफा गर्यव। जसबाट चुक्ता पुँजी एक अर्ब १२ करोडको ५.२६ प्रतिशत अर्थात् ५ करोड ९३ लाख नगद वितरण गर्दैछ।

होटलले पहिलो पटक बोनसविना लाभांश घोषणा गरेको छ। नभए पछिल्लो ट्रयाक रेकर्ड हेर्दा प्रत्येक पटक बोनस संलग्न गर्ने गरेको थियो।

कम्पनीले असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्दैछ। जस अनुसार असोज ११ गतेसम्म कम्पनीको सेयर खरिद गरिसक्ने सेयरधनीले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।