नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोखरेल नियुक्त

बिजमाण्डू
२०८० असोज १ गते ११:४८ | Sep 18, 2023
नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोखरेल नियुक्त


काठमाडौं। नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोखरेल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आइतबार भएको ५५औं बैठकले उनलाई सीइओ नियुक्त गरेको हो।

Tata
GBIME

यसअघि उनी नेपाल एसबिआई बैंकको वित्त, लेखा परीक्षण र मधेस प्रदेश कार्यालय प्रमुखको जिम्मेवारीमा थिए। बैंकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव भएका उनी स्रोत साधनको परिचालन तथा व्यवस्थापनमा कुशल मानिन्छन्।

नेपाल एसबिआई बैंकको सहायक कम्पनी एसबिआई मर्चेण्टको चुक्ता पुँजी २० करोड छ।

मर्चेण्टले धितोपत्र बोर्डबाट अनुमति लिइ कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ लगायतका सेवा प्रदान गर्दै आएको छ।