निर्माण सामग्रीमा चरम मन्दीबीच लक्ष्मी ग्रुपको १.७२ अर्बको नयाँ मेल्टिङ प्लान्ट २०२३ भित्रै आउने

बिजमाण्डू
२०८० असोज १ गते १०:२४ | Sep 18, 2023
निर्माण सामग्रीमा चरम मन्दीबीच लक्ष्मी ग्रुपको १.७२ अर्बको नयाँ मेल्टिङ प्लान्ट २०२३ भित्रै आउने


काठमाडौं। निर्माण सामग्रीमा देखिएको चरम मन्दीबीच लक्ष्मी ग्रुपको नयाँ मेल्टिङ प्लान्ट २०२३ भित्रै संचालनमा आउने भएको छ।

Tata
GBIME

१ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको यस परियोजनामा बैंकले ७२ प्रतिशत लगानी गरिरहेको छ।

समृद्धि मेटालिक्स प्रालिको नयाँ प्लान्टको वार्षिक क्षमता १ लाख २० हजार टन छ। जसले बिलेटलगायत डन्डीलाई आवश्यक अन्य सामग्री उत्पादन गर्छ। लक्ष्मी ग्रपकै लगानी रहेको सिद्धी लक्ष्मी स्टिल्स प्रालिको ब्याकवार्ड इन्टिग्रेसन युनिटको रुपमा यसले काम गर्ने बताइएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले २ अर्ब ७१ करोड ५५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। १ अर्ब २४ करोड १० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी प्लस र १ अर्ब ४७ करोड ४५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।

समृद्धि मेटालिक्समा गणेशबहादुर श्रेष्ठ, अन्जन श्रेष्ठ, निराकार श्रेष्ठ, निरन्जन श्रेष्ठ र सुनिल श्रेष्ठको स्वामित्व छ।