एनएसी व्यवस्थापनको इन्जिन भाडामा लिन दाउपेच: तीन महिना ग्राउण्डेड गरेर हतारहतार इजरायल पठाइयो

बिजमाण्डू
२०८० भदौ ३१ गते १५:३० | Sep 17, 2023
एनएसी व्यवस्थापनको इन्जिन भाडामा लिन दाउपेच: तीन महिना ग्राउण्डेड गरेर हतारहतार इजरायल पठाइयो


काठमाडौं। नेपाल वायुसेवा निगमले न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाउने भएको छ। तीन महिनादेखि इन्जिनमा समस्या आएर ग्राउण्डेड थियो।

Tata
GBIME

निगमले आइतबार साँझ ९ एन- एकेएक्स कलसाइनको जहाज इजरायल जाँदैछ। यो जहाज पाँच दिनमै लिजको इन्जिन जडान गरेर नेपाल ल्याउने तयारी रहेको निगमले जनाएको छ। तीन महिना विग्रिएको जहाज थन्क्याएर बल्ल मर्मतका लागि पठाइएको छ। तीन महिनासम्म आलटाल गरेर इन्जिन भाडामा लिन निगम व्यवस्थापनले दाउपेज गरिरहेको थियो।

‘सार्वजनिक खरीद लगायतका प्रक्रिया देखाएर तीन महिना जहाज ग्राउण्डेड गरियो। दसैंतिहारजस्ता चाडपर्वमा राम्रो व्यापार हुने भन्दै तत्कालै इन्जिन भाडामा लिने प्रपञ्च गरियो,’ निगमका एक कर्मचारीले भने, ‘जहाज भाडामा लिन तयार पारिएको प्लट अनुसार यी सबै काम भएका थिए।’ जहाज भाडामा लिँदा घण्टाको आधारमा कमिसन हुन्छ। त्यही कमिसनका लागि निगमको जहाज मर्मतका लागि तीन महिना झुलाइएको थियो।

निगमले इन्जिन लिजमा लिएर तत्काल यो जहाज उडान गर्ने योजना रहेको जनाएको छ। तीन साताअघि इजरायल एरोस्पेश इन्डस्ट्रिले इन्जिन लिज र मर्मतको ठेक्का पाएको थियो। निगमले जहाज मर्मत व्यवस्थापन कठिन काम भएको जिकिर गरेको छ।

यो जहाज समयमा मर्मत नहुँदा निगमले करिब एक अर्ब रुपैयाँ आम्दानी गुमाइसकेको छ। ६५ करोड रुपैयाँमै नयाँ इन्जिन खरिद गर्न सकिने भएपनि निगमले लिज प्रकृया अघि बढाएको छ।