इलाममा दुई आयोजना सञ्चालक सान्भी इनर्जीले ३७ करोड ९० लाखको आइपीओ ल्याउने

बिजमाण्डू
२०८० भदौ ३१ गते १४:५६ | Sep 17, 2023
इलाममा दुई आयोजना सञ्चालक सान्भी इनर्जीले ३७ करोड ९० लाखको आइपीओ ल्याउने


काठमाडौं। सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको छ। आइपीओ निष्कासन तथा बिक्रीका लागि स्वीकृति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइतबार निवेदन दिएको छ।

Tata
GBIME
NLIC

बोर्डका अनुसार कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासनका लागि स्वीकृति मागेको छ।

यो कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री  प्रबन्धकमा नेपाल एसबीआइ मर्चेजन्ट बैंकिङ लिमिटेड छ। धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र कम्पनीले आइपीओ निष्कासन गर्न पाउँछ।

सान्भीका इलाममा दुई जलविद्युत आयोजना छन्। कम्पनीले प्रवर्धन गरेका आयोजनामध्ये जोगमाया खोला साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेर बिक्री समेत थालिसकेको छ। यो आयोजना ७.६ मेगावाटको छ।

कम्पनीको जोगमाया खोला क्यासकेड जलविद्युत आयोजना भने निर्माणाधीन अवस्था छ। उक्त आयोजना ५.२ मेगावाटको हो।