जिल्ला न्यायाधीश पदका लागि २११ जनाले दिएका थिए परीक्षा, एक जनामात्र भए उत्तीर्ण

बिजमाण्डू
२०८० भदौ ३१ गते १२:५३ | Sep 17, 2023
जिल्ला न्यायाधीश पदका लागि २११ जनाले दिएका थिए परीक्षा, एक जनामात्र भए उत्तीर्ण


काठमाडौं। जिल्ला न्यायाधीश पदको लिखित परीक्षामा एक जना मात्र उत्तीर्ण भएका छन्।

Tata
GBIME

गत साउन १६ गतेदेखि २० गतेसम्म संचालित परीक्षामा २११ जना सहभागी भएका थिए।

न्याय सेवा आयोगले आइतबार जारी गरेको सूचना अनुसार परीक्षा दिएका मध्ये जिल्ला न्यायाधीशको पदमा पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका हुन्।

न्याय सेवा आयोगले आन्तरिक खुल्ला, खुल्ला, महिला, जनजाति, मधेसी र दलित गरेर २९ जना जिल्ला न्यायाधीशको लागि विज्ञापन खुलाइएको थियो। तर, परीक्षा दिएका २१० जना अनुत्तीर्ण भएसँगै विज्ञापन खोलिएका पदपूर्ति हुन सकेन।

लिखित परीक्षामा उत्तीर्ण भएका पोखरेलको सोमबार अन्तर्वार्ता हुने आयोगले जानकारी दिएको छ।

यसअघि पनि जिल्ला न्यायाधीश पदका लागि भएको परीक्षामा परीक्षार्थीहरुबाट थौरै मात्रै उत्तीर्ण हुने गरेका थिए।