
काठमाडौं। सानिमा बैंकको लाभांश दर बढेको छ। बैंकले गत आर्थिक वर्षका लागि १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकका लगानीकर्ताले पोहोर १०.९८ प्रतिशत लाभांश पाएका थिए।
बैंकले लाभांशबाटै चक्ता पुँजी पनि वृद्धि गर्ने भएको छ। प्रस्तावित लाभांशमध्ये ९ प्रतिशत बोनस सेयर हो। बाँकी ५.७ प्रतिशत नगद दिने निर्णय बैंकको सञ्चालक समितिले गरेको छ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ। ९ प्रतिशत बोनस सेयर थपिँदा चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँले बढ्नेछ। लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।