
काठमाडौं। नेपाली बजारमा धेरै रुचाइएको निसान म्यागनाइटको अल न्यू भेरियन्ट अटोमेड म्यानुअल ट्रान्समिसन (एएमटी) मा नेपाल आएको छ। निसान गाडीको अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नाडा अटो शोमा निसान म्यागनाइटको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
कम्पनीले यो गाडीको मूल्य ४५ लाख ८५ हजार रहेको जनाएको छ।
निसान म्यागनाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै दुबैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
निसान म्यागनाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध छन्। पुरानो १.० लिटर बि४डी पेट्रोल म्यान्यूअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्यूअल ट्रान्समिसनमा उपलब्ध म्यागनाइट विभिन्न ११ भेरियन्टमा छ।
यसमा पेट्रोल इन्जिनले ६ हजार २५० आरपीएममा ७२ पिएस पावर र ३ हजार ५०० आरपीएममा ९६ एनएम टर्क उत्पादन गर्छ।
यसको डिजेल इन्जिनले ५ हजार आरपीएममा १०० पिएस पावर र २ हजार ८०० देखि ३ हजार ६०० आरपीएममा १६० एनएम टर्क उत्पादन गर्छ। नयाँ भेरियन्टमा पनि पावरट्रेन भने परिवर्तन गरिएका छैनन।
सुरक्षाको लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाईड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर्स समावेश गरिएको छ।
त्यसैगरी, यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि उपलब्ध छ। गाडीमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७.० इन्च टिएफटी डिस्प्ले रहेको पनि कम्पनीले जनाएको छ।
कम्पनीले हालसम्म पुरानो म्यागनाइट २००० युनिट बिक्री गरिसकेको छ।
नाडा अटो शोको निसानको स्टलमा नयाँ निसान म्यागनाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध छन्। त्यससँगै स्टलमा नाभारा, एक्सट्रेल र लिफ पनि राखिएको छ।