नाडा अटो शो : दोस्रो दिन पनि भिड, इभी गाडीप्रति क्रेज

बिजमाण्डू
२०८० भदौ २७ गते १८:२८ | Sep 13, 2023
नाडा अटो शो : दोस्रो दिन पनि भिड, इभी गाडीप्रति क्रेज

काठमाडौं। नाडा अटो शोको दोस्रो दिन बुधबार पनि प्रदर्शनीस्थलमा मानिसहरुको धेरै भिड रहेको छ। भृकुटीमण्डपमा जारी अटो शोमा गाडी खरिद गर्ने र सोधपुछ गर्नेहरुको भिड धेरै थियो।

Tata
GBIME
Nepal Life

मंगलबार पहिलो दिनमा पनि नाडा अटो शोमा आयोजक टिमले सोचेको भन्दा धेरै भिड भएको थियो। त्यही भिड आज पनि नाडा अटो शोमा निरन्तर देखिएको हो।

पेट्रोल गाडीका नयाँ ब्रान्डमा मात्र ग्राहकहरुको भिड देखिन्थ्यो। विद्युतीय गाडीहरुको स्टलमा भने अधिकांश मानिसहरुको चासो थियो।

टाटाको टियागो इभीबारे बुझ्न चाहने मानिसहरु धेरै थिए। यस्तै नेपाली बजारमा भर्खरै भित्रिएको सेरेस ब्रान्ड प्रति पनि अवलोकनकर्ताको क्रेज थियो।

साथै बिवाइडीको डल्फिनमा पनि मानिस झुम्मिएका थिए। अन्य इभी ब्रान्डहरुमा पनि अवलोकनकर्ताको उपस्थिति राम्रो थियो। कम्पनीहरुले राखेको काउनसेलिङ रुममा पनि गाडी खरिद गर्न डिलिङ गरिरहनेको भिड पनि उतिकै देखिन्थ्यो।

दुई पाङ्ग्रेमा सवारीका स्टल र दुई पाङ्ग्रेको इभीमा भने त्यस्तो भिड देखिएको छैन।