
काठमाडौं। माछापुच्छ्रे बैंकले लाभांशको विशेष प्रस्ताव सहित २५ औं वार्षिक साधारण सभा डाकेको छ। सभा असोज १८ गते पोखरामा हुने बैंकले जनाएको हो।
बैंकले लाभांशबाटै चुक्ता पुँजी बढाउँदै छ। १ अर्ब ३६ करोड रुपैयाँले बैंकको चुक्ता पुँजी वृद्धि हुनेछ। अहिले १० अर्ब २५ करोड छ।
गत आर्थिक वर्षका लागि बैंकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमध्ये १३.३० प्रतिशत बोनस सेयर हो। बोनस अनुमोदन हुँदा चुक्ता पुँजी वृद्धि हुनेछ। करका लागि ७.१८ करोड नगद पनि दिँदै छ।
यस बाहेक सहायक ब्रोकर कम्पनी माछापुच्छ्रे सेक्युरिटज बारे पनि सभाले छलफल गर्नेछ। बाँकी नियमित प्रस्तावहरु सभामा लैजाँदैछ।
बैंकले असोज ८ गते बुक क्लोज गर्ने जनाको छ। जसअनुसार असोज ७ गतेसम्म बैंकको सेयर खरिद गर्ने सेयरधनीहरु मात्रै लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।