महिन्द्राले नेपाली बजारमा ल्यायो नयाँ मोडलको स्कोर्पियो क्लासिक, मूल्य ८० लाख ५० हजार

बिजमाण्डू
२०८० भदौ २७ गते ०९:०२ | Sep 13, 2023
महिन्द्राले नेपाली बजारमा ल्यायो नयाँ मोडलको स्कोर्पियो क्लासिक, मूल्य ८० लाख ५० हजार


काठमाडौं। महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्‍नि ग्रुप अन्तर्गतको अग्‍नि इन्कर्पोरेटले नयाँ मोडलको स्कोर्पियो क्लासिक नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उक्त गाडी अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा सार्वजनिक गरेको हो।

Tata
GBIME

कम्पनीले यसको मूल्य ८० लाख ५० हजार तोकेको छ। जसमा यो टप भेरियन्ट हो। यसअघि कम्पनीले नयाँ स्कोर्पियो एन नेपाली बजारमा भित्र्याइसकेको छ। अटो शोको स्टलमा एक्सयूभी ३०० पनि राखिएको छ। यस्तै, एक्सयूभी ७०० पनि नयाँ प्रिमियम सेग्मेन्टको गाडी हो।

स्कोर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन छ। यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क उत्पादन गर्छ। यसमा ६ स्पीड म्यानुअल गियरबक्स र टु ह्‍विल तथा फोर ह्‍विल ड्राइभ अप्सन उपलब्ध छ।

स्कोर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलईडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्‍विल, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन्।