नाडा अटो शोमा म्याक्ससको नयाँ लक्जरियस इभी मिफा-९ सार्वजनिक, मूल्य १ करोड ४० लाख

बिजमाण्डू
२०८० भदौ २६ गते १६:१३ | Sep 12, 2023
नाडा अटो शोमा म्याक्ससको नयाँ लक्जरियस इभी मिफा-९ सार्वजनिक, मूल्य १ करोड ४० लाख

काठमाडौं। म्याक्ससको नयाँ लक्जरियस इभी मिफा-९ नाडा अटो शोमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले गाडी सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

मिफा-९ इभीमा ९० किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। उक्त ब्याट्रीले एक पटक फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। गाडीको मूल्य १ करोड ४० लाख रुपैयाँ तोकिएको छ।

सरकारले बजेटमार्फत कर घटाएपछि लक्जरियस सेग्मेन्टका विद्युतीय गाडी ल्याउने प्रतिस्पर्धा सुरु भएको नाडा अटो शो सार्वजनिक गाडीबाट देखिएको छ।