एलजीले ल्यायो दसैंतिहार उपहार योजना‚ इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशतसम्म क्यासब्याक



बिजमाण्डू
२०८० भदौ २६ गते १३:१६ | Sep 12, 2023
एलजीले ल्यायो दसैंतिहार उपहार योजना‚ इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं। प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले चाडपर्व उपहार योजना ल्याएको छ। ‘शुभ साइत दसैंतिहार घर भित्रिन्छन् नगद र उपहार’ योजना सार्वजनिक गरेको हो।

Tata
GBIME
Zonsen

योजनाअन्तर्गत एलजीका कुनै पनि सामान खरिद गर्दा ग्राहकले आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू पाउने नेपालको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले जनाएको छ। एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरूको योजना छ।

ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत इएमआइ प्राप्त गर्न सक्ने र एक्सचेन्ज अफरको सुविधा पनि उपयोग गर्न सक्ने योजनामा छ। ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलको सेवामा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने जनाइएको छ।

‘शुभ साइत दसैंतिहार घर भित्रिन्छन् नगद र उपहार’ योजनाअन्तर्गत ग्राहकले एलजी साइड बाइ साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन वा एयर फ्राइर उपहार प्राप्त गर्न सक्ने अफर छ। एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो, डबल डोर फ्रिजको खरिदमा फ्यान र कुलर र उपहार बक्स‚ सिंगल डोर फ्रिजमा क्यासब्याक पाइने छ।

यस्तै      माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट, फ्रन्ट लोडवाशिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर, ९ किलोसम्मको वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर, टप लोड  ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्कइड पाइने छ।

यसैगरी एलजीका डिशवाशरको खरिदमा डिशवाशर किट‚ भ्याकुम क्लिनरको खरिदमा चपर‚एयर प्युरिफायरको खरिदमा एयर फ्राइर पाइने छ। योजना अवधिभित्र एलजीको टीभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । योजना भदौ २५ देखि  सोमबारदेखि सीमित अवधिका लागि लागू भएको बिक्रेता कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।