मेटाको ह्वाट्सएपमा के के नयाँ फिचर थपिँदैछ?

बिजमाण्डू
२०८० भदौ २५ गते १३:३६ | Sep 11, 2023
मेटाको ह्वाट्सएपमा के के नयाँ फिचर थपिँदैछ?

मेटाले ह्वाट्सएपमा नयाँ फिचरहरु उपलब्ध गराउने भएको छ। प्रयोगकर्ताहरुको अनुभवलाई थप प्रभावकारी बनाउन नयाँ फिचरहरु घोषणा गरिएका हुन्।

Tata
GBIME
Nepal Life

केही फिचरहरु एपमा उपलब्ध भइसकेका छन् भने केही विस्तारै उपलब्ध हुनेछ। देश अनुसार पनि एपमा यी फिचरहरु विस्तारै अपडेट हुनेछन्।

पछिल्लो परिवर्तन अनुसार ह्वाट्सएपमा ‘पर्सनल’ फिल्टरको नामलाई ‘कन्ट्याक्ट’ बनाइने भएको छ। व्यक्तिगत र समूहमा हुने च्याटबीच भिन्नता छुट्याउन यसो गरिएको हो। नयाँ ‘कन्ट्याक्ट’फिचरले व्यक्तिगत च्याटहरुमात्र देखाउनेछ। पहिला प्रयोगमा रहेको बिजनेस फिल्टर अहिले हटाइएको छ।

यस्तै, ह्वाट्सएपले नयाँ फिचर ‘फिल्टर ग्रुप च्याट’ एन्ड्रोड प्रयोगकर्ताका लागि निर्माण गरिरहेको छ। यो फिचरले विभिन्न ग्रुप च्याटमा संलग्न व्यक्तिलाई प्राथमिकताका आधारमा छुट्याउन सहयोग गर्नेछ।

यस्तै, एन्ड्रोइडको ह्वाट्सएप बेटामा एकै प्रयोगकर्ताले एउटा एपमा नयाँ अकाउन्ट थप्न सक्नेछन्। ‘मल्टी अकाउन्ट’ फिचरले प्रयोगकर्ताको निजी च्याट, कार्यालयको ग्रुप च्याट र अन्य च्याटहरुलाई एउटै एप्लिकेसनबाट चलाउन मिल्ने बनाउनेछ।

मेटाले एप्पलको म्याक बुकका लागि ह्वाट्सएपको नयाँ एप्लिकेसन पनि सार्वजनिक गर्ने भएको छ। जसबाट एकै पटकमा ८ जनासँग भिडियो कल गर्न सकिन्छ भने ३२ जनासँग अडियो कल गर्न सकिन्छ। आइओएस प्रयोगकर्ताका लागि भिडियो मेसेजको सुविधा पनि एपमा थपिने भएको छ। यस्तै, कम्पनीले नाम बिनाको च्याट ग्रुप खोल्ने फिचर पनि दिने भएको छ।

केही हप्तामा नै यो सबै फिचर विश्वभरका प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन्।