अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्डको घट्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० भदौ २५ गते ०७:४१ | Sep 11, 2023
अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्डको घट्यो, यस्तो छ आजको विनिमय दर
File Photo: reviso.com


काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङमा सामान्य गिरावट आएको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.४२ रुपैयाँ र बिक्री दर १३३.०२ रुपैयाँ कायम भएको छ। आइतबार पनि सोही दर कायम थियो।

युरोपियन युरोको भाउ भने थौरै घटेको छ। आज १ युरोपियन युरोको खरिद दर १४१.७० रुपैयाँ तय हुँदा बिक्री दर १४२.३४ रुपैयाँ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.७२ रुपैयाँ तय हुँदा बिक्री दर १४२.३६ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.०९ रुपैयाँ र बिक्री दर १६५.८४ रुपैयाँ रहेको छ। आइतबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.२३ रुपैयाँ र बिक्री दर १६५.९८ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.४२१३२.४२१३३.०२१३३.०२
युरोपियन युरो१४१.७०१४१.७२१४२.३४१४२.३६
बेलायती पाउन्ड स्टर्लिङ१६५.०९१६५.२३१६५.८४१६५.९८
स्वीस फ्रान्क१४८.२३१४८.४५१४८.९०१४९.१३
अस्ट्रेलियन डलर८४.४४८४.६७८४.८२८५.०५
क्यानेडियन डलर९७.०७९६.९०९७.५१९७.३४
सिंगापुर डलर९७.०१९७.०६९७.४५९७.५०
जापानी येन१०८.९६८.९९९.००९.०३
चिनियाँ युआन१८.०३१८.०५१८.१११८.१३
साउदी अरेबियन रियाल३५.३०३५.३०३५.४६३५.४६
कतारी रियाल३६.३१३६.३२३६.४८३६.४९
थाइ भाट३.७१३.७३३.७३३.७४
यूएई दिराम३६.०५३६.०५३६.२२३६.२२
मलेसियन रिंगिट२८.३२२८.३२२८.४४२८.४४
कोरियन ओन१००९.९१९.९३९.९५९.९७
स्वीडिश क्रोनर११.९०११.८८११.९५११.९४
डेनिश क्रोनर१९.००१९.००१९.०८१९.०९
हङकङ डलर१६.८९१६.८९१६.९७१६.९७
कुवेती दिनार४२९.१०४२९.३१४३१.०४४३१.२५
बहराइन दिनार३५१.२५३५१.२७३५२.८४३५२.८६
स्रोत : नेपाल राष्ट्र बैंक