एमालेका कारण बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज संचालन होला ? बस्दै सर्वदलीय बैठक

बिजमाण्डू
२०८० भदौ २४ गते ०७:५३ | Sep 10, 2023
एमालेका कारण बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज संचालन होला ? बस्दै सर्वदलीय बैठक


काठमाडौं । बागमती प्रदेशसभा बैठक संचालनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

Tata
GBIME

सभामुख भुवनकुमार पाठकले आज बैठक बोलाएका हुन्। बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि प्रदेशसभा बैठक संचालन हुन सकेको छैन। त्यसैले सभामुख पाठकले आज बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

पाठकले लामो समयपछि बस्न लागेको बैठक निरन्तर संचालन हुन नसके गलत सन्देश जाने भएकाले सर्वदलीय बैठक बोलाएको बताए।

आजको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा आजै बैठक प्रदेशसभा बैठक बस्नेछ।

गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन। भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भएको थियो।