बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी दिने गरी कार्यक्रमको तयारी



बिजमाण्डू
२०८० भदौ २४ गते ०७:०६ | Sep 10, 2023
बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी दिने गरी कार्यक्रमको तयारी

काठमाडौं । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छिन्।

Tata
GBIME
Nepal Life

मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नका लागि १५ करोड बजेट छुट्याएर चालु आर्थिक वर्षमा काम गर्न लागिएको उनले बताएकी हुन्।

प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर  रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ। प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका युवालाई कार्यक्रममा समेट्न लागिएको उनले बताइन्।

यस कार्यक्रमको कार्यविधि बनाउन लागिएको र कार्यविधि निर्माणपछि मन्त्रालयअन्तर्गतका कार्यालय, सिटिइभिटीलगायतका संस्थामार्फत कार्यान्वयन गराउने सरकारको तयारी छ।

गत आर्थिक वर्षमा पनि सो कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याएको थियो। तर काम भने हुन सकेको थिएन। पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा बजेट राखिएको भए पनि पछि फेरि सामाजिक विकास ममा पठाइएको बजेट समय अभावका कारण काम गर्न सकिएको थिएन।