कोशी र वाग्मती प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

बिजमाण्डू
२०८० भदौ २० गते ०६:३९ | Sep 6, 2023
कोशी र वाग्मती प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखाको पश्‍चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ भने पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

सोही मौसमी प्रणालीका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र वाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।