वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त

बिजमाण्डू
२०८० भदौ १९ गते १२:२२ | Sep 5, 2023
वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त


काठमाडौं। चौधरी समूहको सिजी कर्प ग्लोबलअन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।

Tata
GBIME

२५ वर्षभन्दा बढीको लिगेसी र युवाहरुबीच निकै चर्चित चाउचाउ ब्राण्ड वाइवाइले खुरानासँगको सहकार्य महत्त्वपूर्ण हुने जनाएको छ।

‘आयुष्मान खुरानासँगको सहकार्य हाम्रो प्रमुख प्राथमिकतामा थियो। छोटो समयमा हामीले सहकार्यलाई मूर्तरुप दिन सकेका छौं। यो सहकार्य एकदमै जटिल समयमा आएको छ। जुन समयमा मेरो लक्ष्य एक्सपोनेन्सियल ग्रोथमा मात्रै सीमित छैन। वाइवाइ फ्यान्सहरुसँग गहिरो सम्बन्ध स्थापित गराउनु पनि लक्ष्य छ। भारत हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो,’ सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले भने।

वाइवाइले कोरियन स्पाइसी कुजिनको रुपमा ‘डाइनामाइट’ ब्राण्डको चाउचाउ पनि बिक्री गरिरहेको छ। खुरानासँगको सहकार्यपछि वाइवाइले युवा लक्षित विभिन्न क्यामेपनहरु संचालन गर्ने जनाएको छ।

‘वाइवाइ जस्तो ब्राण्डसँग काम गर्न पाउँदा एकदमै खुसी छु। यसले उपलब्ध गराउने विभिन्न रेन्ज प्रडक्टले वाइवाइलाई जनाउँछ,’ खुरानाले भने।