
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति तर्जुमाका लागि १३ सदस्यीय कार्यदल गठन गरेको छ।
मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा मल्ल के सुन्दर, संस्कृतिविद् डा. प्रेम खत्री, डा. डिल्ली ओली, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, चलचित्र निर्देशक नवीन सुब्बा लगायत सदस्य रहेको कार्यदल गठन गरेको हो।
संस्कृति संरक्षणका लागि उल्लेख्य काम नभएकाले नीति तर्जुमा गरी अगाडि बढ्न मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।