नेप्से सुधारको बाटोमा‚ आइएमइ लाइफको ५ करोड २८ लाख बराबरको सेयर कारोबार



बिजमाण्डू
२०८० भदौ १८ गते १५:३० | Sep 4, 2023
नेप्से सुधारको बाटोमा‚ आइएमइ लाइफको ५ करोड २८ लाख बराबरको सेयर कारोबार

काठमाडौं। आइएमइ लाइफ इन्स्योरेन्सको सेयर कारोबार सोमबार उच्च भएको छ। दिनभरको कारोबार अवधिमा उक्त कम्पनीको ५ करोड २८ लाख बराबरको सेयर किनबेच भएको हो।

Tata
GBIME
Zonsen

केही साताअघि सूचीकृत भएर आएको उक्त कम्पनीको सेयर मूल्य दोस्रो बजारमा आएको तेस्रो कारोबार दिनबाट निरन्तर घटिरहेको थियो।

सोमबार करिब-करिब कम्पनीको सेयर मूल्य ओपनिङ रेञ्जमा नै आईपुगेको छ। जसकारण यस कम्पनीको सेयरमा खरिद चाप बढेको हो। लगानीकर्ताको आकर्षण बढ्दा यस कम्पनीको सेयर मूल्य पनि १७.७० रुपैयाँले बढेको छ।

यस्तै शिवम् सिमेन्टको ४ करोड १९ लाख बराबरको सेयर किनबेच भएको छ भने नबिल बैंकको ३ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ।

कारोबार अवधिमा साेमबार १ अर्ब ९ करोड बराबरको सेयर किनबेच भएको हो। आइतबारको तुलनामा कारोबारमा सामान्य गिरावट आएको हो। आइतबार १ अर्ब १८ करोड बराबरको सेयर कारोबार भएको थियो।

यस्तै गत बुधबारबाट निरन्तर घटेको बजार आज झिनो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले बढेको हो।

यसअघि बजार बुधबार ५ अंकले, बिहीबार २.८३ अंक तथा आइतबार २९.८१ अंकले घटेको हो।

बजार बढ्दा थ्री स्टार हाइड्रोपावर तथा दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर्स, रुरु जलविद्युत परियोजना तथा आशा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताहरुले ९.८० प्रतिशतभन्दा बढी नाफा बुक गरेका छन्।

यस्तै इनर्जी कम्पनीको सेयर मूल्य भने सबैभन्दा धेरै घटेको हो। कम्पनीको सेयर मूल्य २०.२० रुपैयाँले घटेको छ। सिक्लेस हाइड्रोपावरको सेयर मूल्य पनि प्रति कित्ता २१ रुपैयाँले घटेको हो।