सिचुआन एयरले नेपाल-सिड्नी उडान गर्ने, सुरुवाती एकतर्फी भाडा ७३ हजार रुपैयाँ

बिजमाण्डू
२०८० भदौ १८ गते १४:२२ | Sep 4, 2023
सिचुआन एयरले नेपाल-सिड्नी उडान गर्ने, सुरुवाती एकतर्फी भाडा ७३ हजार रुपैयाँ

काठमाडौं। चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरले आउँदो अक्टोबरदेखि नेपाल-सिड्नी कनेक्टिङ फ्लाइट गर्ने भएको छ। साताको सातवटा छेङ्दु-काठमाडौं दुईतर्फी उडान गर्दै आएको कम्पनीले अष्ट्रेलियाको सिड्नीतर्फ कनेक्टिङ फ्लाइट गर्न लागेको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनलले जनाएको हो।

Tata
GBIME
NLIC

‘अष्ट्रेलियामा रहँदै आउनुभएका नेपालीलाई मध्यनजर गर्दै हामीले कनेक्टिङ फ्लाइट सुरु गर्न लागेका हौं। सिचुआनको यो उडान सुरु भएसँगै यात्रु भाडादर अझै घट्ने आशा लिएका छौं‚’ जीएसए सञ्चालक रविचन्द्र सिंहले भने।

हाल नेपालबाट हुँदै आएको कनेक्टिङ फ्लाइटको भाडादर न्यूनतम ८९ हजार रुपैयाँ कायम हुँदै आएको छ।

कतार, सिंगापुर एयरलाइन्स, एयर इण्डिया लगायत वायुसेवाले हाल अष्ट्रेलिया उडान सेवा दिँदै आएका छन्।

कोभिड नियन्त्रणमा आएर चीनले आफ्नो सीमा खुला गरेसँगै चाइना हिमालय, चाइना साउदर्न, सिचुआन, एयर चाइना, तिब्बत एयर लगायतले चीन-काठमाडौंमा नियमित उडान गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक ४६ वटा अन्तर्राष्ट्रिय उडान  हुँदै आएको छ।