सेयर बजारमा पुराना लगानीकर्ता निष्क्रिय, परिसूचक र कारोबार रकम दुवैमा गिरावट

बिजमाण्डू
२०८० भदौ १२ गते १५:४८ | Aug 29, 2023
सेयर बजारमा पुराना लगानीकर्ता निष्क्रिय, परिसूचक र कारोबार रकम दुवैमा गिरावट

काठमाडौं। सेयर बजारमा मंगलबार सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेको छ।

Tata
GBIME
NLIC

ब्रोकरहरुका अनुसार अहिले बजार घट्नुपर्ने कारण केही छैन। ‘तर पुराना लगानीकर्ताले बजार अझै घट्छ भनेर लगानी गरिरहेका छैनन्’, ती ब्रोकरले भने।

लगानीकर्ता पुष्पा घिमिरेले सेयरमा ढुक्क भएर लगानी गर्ने अवस्था नरहेको बताइन्। उनले भनिन्,’अहिले व्यापार व्यवसाय नै चलायमान हुन सकेको छैन। पहिला लगानी गरेको ठूलो रकम नै सेयर बजारमा फसिरहेको छ। बजार अझै पोजेटिभ हुँदैन जस्तो छ। त्यसैले अहिले लगानी थपेको छैन।’

पुराना लगानीकर्ता निष्कृय भएपछि बजारले ओरालो बाटो तय गरेको ब्रोकरहरुको भनाइ छ। पुराना लगानीकर्ता निष्कृय बसेको कारोबार रकमबाट पनि पुष्टि हुन्छ। मंगलबार कारोबार रकम ८६ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा छ। बैंकको ३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भयो। यस्तै आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ६२ लाख र नेपाल टेलिकमको ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

नेप्से परिसूचक घटेपनि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट कायमै छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८४ रुपैयाँले बढ्यो। गत साता दोस्रो बजारमा सूचीकृत भएर कारोबार सुरु भएयता कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५४ रुपैयाँले बढिसकेको छ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको मूल्य भने सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँले घटेको हो।