पाँच दिनको स्थिरतापछि सुन तोलामा ६ सय बढ्यो, चाँदीमा झिनो बढोत्तरी

बिजमाण्डू
२०८० भदौ १२ गते ११:२८ | Aug 29, 2023
पाँच दिनको स्थिरतापछि सुन तोलामा ६ सय बढ्यो, चाँदीमा झिनो बढोत्तरी


काठमाडौं। साताको तेस्रो दिन सुन तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ। पाँच दिनको स्थिरतापछि तोलामा ६ सय रुपैयाँ बढेर मंगलबार कारोबार मूल्य निर्धारण भएको हो।

Tata
GBIME

अघिल्लो दिनका तुलनामा ५ सयको बढोत्तरीपछि गत बिहीबार सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ भएको थियो। सोमबारसम्म उक्त मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।

चाँदी तोलामा ५ रुपैयाँ बढ्दा साताको पहिलो दिनको मूल्यमा फर्किएको छ। सोमबार प्रतितोला १४ सय ६० रुपैयाँ रहेको चाँदी मंगलबार १४ सय ६५ भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यो साता क्रमिक बढेको छ। गत आइतबार प्रतिऔंस १९१४.८९ डलर चलेको मूल्य सोमबार सामान्य बढोत्तरीसहित १९१७.७१ डलर पुगेको थियो। मंगलबार कारोबार मूल्य अझ बलियो हुँदै १९२३.४४ डलर पुगेको छ।

चाँदी पनि तुलनात्मक रुपमा बलियो भएको छ।

सोमबार प्रतिऔंस २४.२ डलर चलेको चाँदी मंगलबार २४.३२ डलर पुगेको छ।