
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरको ब्रान्डिङ गर्न अवधारणा पत्र माग गरेको छ। महानगरको नीति तथा कार्यक्रम २०८०-८१ मा महानगरलाई ब्रान्डिङ गर्ने उल्लेख भए बमोजिम अवधाराणा पत्र माग गरिएको हो।
महानगरको शहरी योजना आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान बढाउने उद्देश्यसहित अवधारणा पत्र माग गरेको हो।
आयोगले महानगरको ब्रान्डिङ गर्न इच्छुक व्यक्ति, फर्म, संस्था , गैरसरकारी संस्थाहरुलाई १५ दिनभित्र कमलादीस्थित सचिवालयमा अवराधणा पत्रसहित सूचीकृत गराउन भनेको छ।
