ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिदै, रेमिट्यान्स बचतमा अरुभन्दा २ प्रतिशत बढी

बिजमाण्डू
२०८० भदौ १ गते १३:३८ | Aug 18, 2023
ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिदै, रेमिट्यान्स बचतमा अरुभन्दा २ प्रतिशत बढी


काठमाडौं। विगत केही समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिनादेखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन्।

Tata
GBIME
NLIC

यसै अनुरुप गत साउनदेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक-फरक थियो। बैंकहरुले भदौका लागि व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरकफरक ब्याजदर प्रकाशन गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी छ।

ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा व्यक्तिगत निक्षेपमा अधिकतम वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम वार्षिक ९.३९६ प्रतिशत व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीमा गई विदेशी भूमिलाई कर्मक्षेत्र बनाएर आयआर्जन गरेकाहरुको कमाइलाई बैंकिङ माध्यमबाट नेपालमा ल्याउन महत्त्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दतीतर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम ब्याजदर प्रकाशित गरेको छ।

सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ।

रेमिट्यान्सतर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत छ। बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ।

बैंकको सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैंक खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत प्रकाशित गरेको छ।

मुद्दती निक्षेपतर्फ ३ महिना वा सोभन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ।

उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम हो। संस्थागत निक्षेपतर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदरमध्ये अधिकतम नै देखिन्छ।

न्यूनतम ६ महिना वा सोभन्दा बढी अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ। निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरु मध्ये धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ।

बचतकर्ताका लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ। साथै, बैंकहरुले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरलाई मध्यनजर गर्दा ग्लोबल आइएमई बैंकले निक्षेप बढी आकर्षित गर्न सक्ने देखिएको छ।

ग्लोबलको मुलुकका ७७ जिल्लामा शाखा कार्यालयहरु छन्। साऐ शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहकले निक्षेप जम्मा गर्न र झिक्ने सकिने बैंकले जनाएको छ।