सुनचाँदीको कारोबार : सुन स्थिर, चाँदीमा बढोत्तरी, चाँदी अन्तर्राष्ट्रिय बजारमै बलियो

बिजमाण्डू
२०८० भदौ १ गते ११:३३ | Aug 18, 2023
सुनचाँदीको कारोबार : सुन स्थिर, चाँदीमा बढोत्तरी, चाँदी अन्तर्राष्ट्रिय बजारमै बलियो


काठमाडौं। सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य बिहीबार कायम प्रतितोला १ लाख १० हजार ४ सयमा स्थिर छ। चाँदीमा भने २० रुपैयाँको बढोत्तरी छ।

Tata
GBIME
NLIC

बुधबारका तुलनामा तोलामा ८ सय घटेर बिहीबार सुनको कारोबार मूल्य निर्धारण भएको थियो। साताको प्रारम्भका तुलनामा शुक्रबार कारोबार भइरहेको मूल्य ७ सय रुपैयाँले घटी हो।  

यसअघि साताको दोस्रो दिन निर्धारण भएको प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा स्थिर रहेर मंगलबार कारोबार भएको थियो।

चाँदी २० रुपैयाँ बढेर तोलाको १३ सय ९० भएको छ। बिहीबार १३ सय ७० रुपैयाँ थियो। गत शुक्रबारदेखि सोमबारसम्म प्रतितोला १३ सय ७५ रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १८९२.२६ डलरले कारोबार भइरहेको छ। साताको प्रारम्भका तुलनामा यो निकै घटेको हो। गत सोमबार प्रतिऔंस १९१२.५८ डलर रहेको सुन बुधबार १९०३.७८ डलरले कारोबार भएको थियो।   

चाँदीको मूल्य भने तुलनात्मक रूपमा बलियो भएको छ। शुक्रबार चाँदी प्रतिऔंस २२.८२ डलरले कारोबार भइरहेको छ। यसअघि गत बुधबार २२.५५ डलर थियो।