सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुल्यो, प्रतिकित्ता मूल्य २३९ रुपैयाँ

बिजमाण्डू
२०८० साउन ३२ गते ११:३७ | Aug 17, 2023
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुल्यो, प्रतिकित्ता मूल्य २३९ रुपैयाँ

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ ।इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निस्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो।

Tata
GBIME
NLIC

आईपीओमा लगानीकर्ताले भदौ ४ सम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित इन्स्योरेन्सले प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निस्कासन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निस्कासनको अनुमति पाएको थियो।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९ लाख ६० हजार, सामूहिक लगानी कोषलाई ४ लाख ८० हजार र आफ्ना कर्मचारीलाई ४ लाख ८० हजार कित्ता सेयर सुरक्षित गरेकाले सर्वसाधारणले बाँकी ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसतस्तरको सुरक्षित कम्पनी भएको संकेत गर्छ। नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक हो।