ठमेलको एलओडीमा राजस्वको छापा, राजस्व छलीको आशंकामा अनुसन्धान

बिजमाण्डू
२०८० साउन २९ गते १७:५६ | Aug 14, 2023
ठमेलको एलओडीमा राजस्वको छापा, राजस्व छलीको आशंकामा अनुसन्धान


काठमाडौं। राजस्व अनुसन्धान विभागले ठमेलमा रहेको नेपालकै ठूलो नाइट क्लब ‘लर्ड अफ ड्रिङ्क्स’ (एलओडी)मा राजस्व छलीको आशंकामा छापा मारेको छ।

Tata
GBIME

विभागको टोलीले शनिबार बिहान ५ बजे छापा मारेर खातापाता नियन्त्रणमा लिएको हो। विभाग स्रोतका अनुसार एलओडीमा भइरहेको कारोबारमा राजस्व छलीको उजुरी परेपछि छापा मारिएको हो।

‘हामीले एलओडीको खातापाता र त्यहाँको कम्प्युटरबाट कारोबारको डेटा लिएर अनुसन्धान गरिरहेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘क्लबमा ठुलो कारोबार भएपनि त्यो बराबरको राजस्व दाखिला नभएको उजुरी आएपछि छापा मारिएको हो।’ यो क्लब सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको थियो।

१८ सयदेखि दुई हजार जना अटाउने क्षमता रहेको यो क्लबमा बाउन्सरदेखि वेटरसम्म गरी डेढ सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

ठमेलमा २६ आना जग्गा लिजमा लिएर सुरु यो क्लब ९६०० वर्गफिट फ्लोर स्पेस रहेको छ। क्लबमा १६ करोड रुपैयाँ हाराहारी लगानी भएको छ।