संसदमा सभामुखको व्यवहार पक्षपातपूर्ण, कांग्रेसका शर्मालाई बोल्न दिए तर रास्वपाका लामिछानेलाई दिएनन्

बिजमाण्डू
२०८० साउन २९ गते १५:४४ | Aug 14, 2023
संसदमा सभामुखको व्यवहार पक्षपातपूर्ण, कांग्रेसका शर्मालाई बोल्न दिए तर रास्वपाका लामिछानेलाई दिएनन्


काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा पक्षपातपूर्ण व्यवहार गरेका छन्। उनले सोमबार बसेको बैठकमा एमालेको अवरोधकै बीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई बोल्न दिए।

Tata
GBIME

तर एमालेको अवरोधबारे विरोध गर्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखबाट समय पाएनन्।

बैठकमा कांग्रेस सांसद शर्माले बोलिरहँदा एमाले सांसदले उभिएर अवरोध गरे, तर नाराबाजी गरेनन्। उनले बोलिसकेपछि एमाले सांसदले नाराबाजी सुरु गरे।

लामिछानेले एमालेले नाराबाजीसहित सदन अवरुद्ध गरेको विरोधमा बोल्नका लागि सभामुख घिमिरेसँग समय मागे। लामिछानेलाई समय उपलब्ध गराउन रास्वपाका अरु सांसदले पनि सभामुखको ध्यानाकर्षण गराए। तर सभामुखले वास्तै गरेनन्। एमाले सांसदलाई केहीबेर नाराबाजी गर्न दिएर सभामुखले बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरे।