राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, सत्ता पक्षका सांसदले गरे विरोध, बैठक स्थगित

बिजमाण्डू
२०८० साउन २६ गते १२:४५ | Aug 11, 2023
राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, सत्ता पक्षका सांसदले गरे विरोध, बैठक स्थगित
राष्ट्रिय सभामा एमालेको अवरोधप्रति सत्तापक्षको विरोध


काठमाडौं। राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदले उठेर विरोध जनाएका छन्। शुक्रबारको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका सांसद सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेर उठे। सत्ता पक्षका सांसद भने बैठक सञ्चालन हुनुपर्छ भनेर उठेका हुन्। उनीहरुले एमालेको अवरोधप्रति विरोध जनाएका हुन्।

Tata
GBIME

त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई समसामयिक विषयमा धारणा राख्न समय दिएका थिए। त्यसक्रममा एमालेका सांसदहरुले सुन प्रकरणमा सरकारी निकायले गर्ने अनुसन्धानको विश्वसनियतामाथि प्रश्न उठाउँदै अलग्गै छानबिन समिति चाहिने बताए। तर सत्ता पक्षमा सांसदले भने एमालेमाथि अनुसन्धान प्रभावित पार्ने नियतले समिति गठनको माग गरेको आरोप लगाए।

७ सांसदले ५५ मिनेट बोलेपछि तिमिल्सिनाले कार्यसूची अगाडि बढाउन खोजे। तर एमाले सांसदहरु सदन चल्न नदिने भन्दै उठे। उत्ता पक्षका सांसदले प्रहरीले छानबिन गरिरहेको विषयलाई लिएर सदन अवरुद्ध गरिएको भन्दै उठेरै विरोध जनाए।

त्यसपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। तिमिल्सनाले बैठक साउन ३१ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरेका छन्। एमालेले सुन प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै साउन १० यता सदन अवरुद्ध गर्दै आएको छ।