एसयुभी नेक्सनको फेसलिफ्ट मोडल ल्याउँदै टाटा मोटर्स, के के छ नयाँ फिचर?

बिजमाण्डू
२०८० साउन २३ गते १२:३८ | Aug 8, 2023
एसयुभी नेक्सनको फेसलिफ्ट मोडल ल्याउँदै टाटा मोटर्स, के के छ नयाँ फिचर?


काठमाडौं। टाटा मोटर्स इन्डियाले प्यासेन्जर सेग्मेन्टमा सर्वाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट मोडल ल्याउने भएको छ। उक्त फेसलिफ्ट मोडल अर्को महिना भारतीय बजारमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

Tata
GBIME

नेक्सन फेसलिफ्ट मोडलमा पहिलेको मोडलमा नभएको ३६० डिग्री क्यामेरा, नयाँ एलइडी डिआरएल र फ्रन्ट पार्किङ सेन्सर लगायत फिचर थप गरिएको कम्पनीले जनाएको छ।

नेक्सन फेसलिफ्टमा ह्‍यारियर र सफारीमा जस्तै दुईवटा १०.२५ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर उपलब्ध हुनेछ। यस्तै, नयाँ टु स्पोक स्टेरिङ ह्‍विल सबै भेरिएन्टमा न्यूनतम ६ वटा एयर ब्याग, एलइडी डिआरएलसहितको एलइडी हेडल्याम्प र मल्टी ड्राइभ मोड लगायत फिचर दिन लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले यसलाई पहिलेको भन्दा धेरै भेरियन्टमा ल्याउने तयारी गरेको छ। अहिले यसको ६ वटा भेरियन्टमा बिक्री भइरहेको छ।

यो गाडी इलेक्ट्रिकमा पनि उपलब्ध छ। नेपाली बजारमा समेत राम्रो बिक्री भइरहेको यो गाडीको अर्को नयाँ अपडेटेड फेसलिफ्ट मोडल आउन लागेको हो। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्यासेन्जर सेग्मेन्टमा यही गाडीको बिक्रीले सफलता हासिल गरेको जनाएको छ।