खोकनास्थित वाग्मती नदीमा जल सतहले पार गर्‍यो खतराको तह, सतर्क रहन आग्रह

बिजमाण्डू
२०८० साउन २३ गते ०८:५४ | Aug 8, 2023
खोकनास्थित वाग्मती नदीमा जल सतहले पार गर्‍यो खतराको तह, सतर्क रहन आग्रह
फाइल फोटो।


काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका विभिन्‍न नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ।

Tata
GBIME

खोकनास्थित वाग्मती नदीमा जल सतहले खतराको तह पार गरेको छ। ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको हो।

जल सतह बढ्दो क्रममा रहेकाले वाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो क्रममा रहेको छ। जल सतह खतरा तहमा पुगेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले बताएको छ।

यसैबीच, कागेश्‍वरी मनोहरा पुलमुनि फुसेका एक जनाको प्रहरीले उद्धार गरेको छ। बाढीका कारण उनी पुलमुनि फसेका थिए।