५६ लाख पर्ने बीवाइडी एटो-३ शोरुममा आइपुग्यो, ग्राहकलाई सोमबारबाट डेलिभरी

बिजमाण्डू
२०८० साउन २१ गते १९:०४ | Aug 6, 2023
५६ लाख पर्ने बीवाइडी एटो-३ शोरुममा आइपुग्यो, ग्राहकलाई सोमबारबाट डेलिभरी


काठमाडौं। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ५६ लाख पर्ने भेरियन्टको एटो-३ काठमाडौं ल्याएको छ। कम्पनीले आइतबार सो एडभान्स्ड भेरियन्ट ४५ युनिट गाडी नेपालमा भित्र्याएको हो।

Tata
GBIME

कम्पनीका सर्भिस हेड सुशील तन्डुकारका अनुसार साइमेक्सले सोमबारबाट ५० किलोवाट आवर(युनिट) ब्याट्री भएको एटो-३ डेलिभरी हुनेछ।

एमजी जेडएस इभीको प्रतिस्पर्धी ५० किलोवाट आवर ब्याट्री प्याक भएको एटो एडभान्स्ड भेरियन्ट धेरैले पर्खिएका थिए।

यो गाडीको डेलिभरीका लागि कम्पनीले सुरुको लटमा ४५ युनिट ल्याएको तन्डुकारले बताए। यो गाडीमा पनि १०० किलोवाटको मोटर दिइएको छ। जसमा ४९.९२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ३४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यो गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरिएको छ।

यो ६० किलोवाट आवर ब्याट्री प्याकको भन्दा केही फरक छ। सय किलोवाटमा टेलगेट अटोमेटिक थियो भने यसमा म्यानुअल छ। एम्बिएन्ट लाइट मल्टिटोन थियो भने यसमा सिंगल टोन मात्र छ।

यसमा वायरलेस चार्जर भने उपलब्ध छैन।