कार्यकर्ता नयाँ पार्टीमा जान थालेपछि संगठन सुदृढीकरणतिर कांग्रेस, विशेष अभियान सुरू

बिजमाण्डू
२०८० साउन २० गते १५:४५ | Aug 5, 2023
कार्यकर्ता नयाँ पार्टीमा जान थालेपछि संगठन सुदृढीकरणतिर कांग्रेस, विशेष अभियान सुरू
नेपाली कांग्रेसको कार्यालय


काठमाडौं। संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान सुरू भएको छ। अभियान अन्तर्गत कांग्रेसले सहमहामन्त्रीदेखि पूर्वकेन्द्रीय सदस्यसम्मलाई जिल्ला जिल्लामा खटाएको छ।

Tata
GBIME
NLIC

पार्टीका पालिकास्तरीय कार्यकर्ता धमाधम नयाँ पार्टीतिर जान थालेपछि कांग्रेसले संगठन सुदृढीकरण अभियान थालेको हो। शनिबार सुरू अभियान १० दिन चल्नेछ। त्यसक्रममा केन्द्रबाट खटिएका नेताहरुले जिल्ला कार्यसमिति र पार्टीका त्यसभन्दा तल्ला समितिसँग छलफल गर्नेछन्। त्यो छलफलका आधारमा केन्द्रीय प्रतिनिधिले पार्टीलाई सुझाव दिनेछन्।

साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यो अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म `समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान´ सञ्चालन गर्ने कांग्रेसको तयारी छ। अभियानबाट यो वर्ष पार्टीमा ७ लाख सदस्य थप्ने भनिएको छ।