
काठमाडौं। अडानी समूहको अम्बुजा सिमेन्टले सिमेन्ट निर्माता सांघी इन्डस्ट्रिजलाई किनेको छ। अडानी समूहको अम्बुजा सिमेन्टले ५ हजार करोड भारुको मूल्यमा सांघी इन्डस्ट्रिजलाई अधिग्रहण गरेको घोषणा गरेको हो।
अधिग्रहणको लगत्तै बिहीबार अडानी समूहका अध्यक्ष गौतम अडानीले अम्बुजा सिमेन्टको सन् २०२८ सम्ममा सिमेन्ट क्षमता दोब्बर बनाउने प्रतिबद्धता ट्रयाकमा रहेको बताए।
‘सन् २०२८ सम्म हाम्रो सिमेन्ट क्षमता दोब्बर बनाउने वाचा ट्रयाकमा छ। अडानी पोर्टफोलियोमा भारतको सबैभन्दा प्रभावशाली र सबैभन्दा कम लागतको क्लिंकर निर्माता सांघी इन्डस्ट्रिजलाई थप्ने घोषणा गर्न पाउँदा खुसी छु,’ अडानीले भने।
अम्बुजा सिमेन्टले पनि एक विज्ञप्तिमा अधिग्रहण गरेको प्रष्ट पारेको छ। सांघी इन्डस्ट्रिज लिमिटेडको क्लिंकर क्षमता वार्षिक ६६ लाख टन छ भने सिमेन्ट उत्पादन क्षमता ६१ लाख टन छ। १ अर्ब टन चुनढुंगा भण्डार छ। सांघी सिमेन्ट सन् १९८५ मा सुरु भएको थियो।
कम्पनीसँग १३० मेगावाटको क्याप्टिभ थर्मल पावर प्लान्ट, क्याप्टिभ माइन्स, वाटर डी-सेलिनेसन सुविधा छ। एसआईएलको सांघीपुरम एकाइ क्षमताको आधारमा क्याप्टिभ जेट्टी र क्याप्टिभ पावर प्लान्टको साथ भारतको सबैभन्दा ठूलो सिंगल-लोकेसन सिमेन्ट र क्लिंकर इकाई हो।
यो प्राप्तिले अम्बुजा सिमेन्टको उत्पादन क्षमता ७३.६ मिलियन टन वार्षिक हुनेछ।
सन् २०२८ सम्ममा वार्षिक १४ करोड टन क्षमतामा पुग्ने लक्ष्यलाई समय अगावै हासिल गरिने विज्ञप्तिमा भनिएको छ। ‘हाम्रो उद्देश्य एसआईएललाई देशको सबैभन्दा कम लागतमा क्लिंकर उत्पादन गर्ने हो। अम्बुजाले आगामी दुई वर्षमा सांघीपुरममा सिमेन्ट क्षमता १५ एमटीपीएमा पुर्याउने छ,’ कम्पनीले भनेको छ।
एसआईएलसँग गुजरातको नवलखी पोर्ट र महाराष्ट्रको धरमतार बन्दरगाहमा प्रत्येक एक बल्क सिमेन्ट टर्मिनल छ। अधिकांश सिमेन्ट समुद्री मार्गबाट ढुवानी गरिन्छ, जुन वातावरणमैत्री र लागत प्रतिस्पर्धी छ। एसआईएलसँग गुजरात, मध्य प्रदेश, राजस्थान, महाराष्ट्र र केरलामा ८५० डिलरहरूको नेटवर्क छ।
कम्पनीको पहिलो त्रैमासिक आम्दानी १८.२९ प्रतिशतले बढेर भारु ४७२९.७१ करोड पुगेको छ। तर, कम्पनीको खुद नाफा भारु १०४८.७८ करोडबाट ३८.५१ प्रतिशतले घटेर ६४४.८८ करोड पुगेको छ।